भेलाकाे तस्बिर लाक्पा शेर्पाबाट ।

सोलुखुम्बु । सोलुखुम्बुमा रामसङ्घर्ष किरातीको संयोजकत्वमा कोशी प्रदेश नाम खारेज सङ्घर्ष समिति गठन गरिएको छ ।

जनता समाजवादी पार्टीका नेता लाक्पा शेर्पाका अनुसार समितिको सहसंयोजकमा मिङमार शेर्पा छन् भने सचिवमा गणेश नाछिरिङ राई र कोषाध्यक्षमा शारदा तामाङलाई राखिएको छ ।

जातीय सङ्घसंस्थाका प्रतिनिधि तथा पहिचान पक्षधर राजनीतिक दलका स्थानीय नेताहरुको भेलामा समिति गठन गरिएको हो ।

हाल कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभरि नै आन्दोलन भइरहेको छ ।

आन्दोलन राजनीतिक रुपमा भन्दा पनि सामाजिक रुपमा उठेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here