देशी विदेशी प्रतिक्रियावादी मिलेर पार्टी विभाजन गरे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिकाे शनिबार काठमाडाैंमा आयोजित भेला प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले साे कुरा बताएका हुन् ।

उनले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनुपर्ने बताए ।

पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उनले भने, ‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्