यस्तो छ गौर घटनाकाे यथार्थ

१७ वर्षअघि गौरमा भएको दुःखद् घटना सुनियोजित वा कसैले योजना बनाएर भएको घटना थिएन । विभिन्न प्रतिवेदनहरुले पनि यसको पुष्टि गरिसकेको छ । त्यो राजनीतिक घटना हो । तत्कालिन नेकपा (माओवादी)का पूर्व जनसरकार प्रमुखसहित मधेशी राष्ट्रिय मुक्ति मोर्चाका तत्कालिन महासचिव प्रभु साहलगायतको हठ र तत्कालिन नेकपा (माओवादी) ले मधेशी जनअधिकार फोरमको कार्यक्रम, कार्यकर्ता र नेताहरुमाथि आक्रमण गर्ने गलत निर्णयका कारण भएको हो ।

घटनाको भोलिपल्टै नेकपा (माओवादी)का अध्यक्षले विज्ञप्ति जारी गरेर, ‘दरबारिया प्रतिगामी तत्वहरु, भारतीय अतिहिन्दूवादी–विस्तारवादी र शान्तिविरोधी विदेशी प्रतिगामी शक्तिहरुको साँठगाँठपूर्ण षड्यन्त्रबाट घटना भएको’ आरोप लगाएका थिए । ती आरोपहरु सत्य नभएको संयुक्त राष्ट्रसंघीय प्रतिवदेनले पनि पुष्टि गरिसकेको छ । पछिल्लो समय तिनै दरबारिया, प्रतिगामी तत्वहरु, शान्ति विरोधी विदेशी प्रतिगामी शक्तिहरुको सक्रियता बढेकै बेला तिनैलाई पृष्ठपोषण गर्ने गरि २०८० साउन २३ गते भएको सम्झौता गरिनु दुःखद र खेदजनक छ ।

तत्कालिन सरकारले गौर घटना छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा २०६४ मा उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले घटनाको अध्ययन पश्चात् सरकारलाई रिपोर्ट समेत सुम्पिसकेको अवस्थामा २०८० साउन २३ गते सरकार (गृह मन्त्रालय) ले त्यसबारे फेरी छानबिनको नाममा कसैको उक्साटमा सम्झौता किन गरेको हो ? यो सम्झौताको बूँदा १ बाट स्पष्ट हुन्छ– केही पार्टीका नेतृत्व मुलुकलाई फेरी पनि राजनीतिक अस्थिरता र द्वन्द्वमा धकेल्ने र आफू शक्तिशाली बन्दै सत्तास्वार्थ पूरा गर्ने ।

गौर घटनाबारे विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन र अनुसन्धानले तत्कालिन माओवादीका हठका कारणले भएको निस्कर्ष निकालेको अवस्थामा प्रतिक्रियावादी, राजनीतिक पूर्वाग्रहीलाई खुशी तुल्याउने गरी चालिने कुनै कदम देश र सरकारका लागि आत्मघाती हुने हेक्का सम्बन्धित सबैले राख्नै पर्दछ । गौर घटनापछि पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोगलाई तत्कालिन माओवादीले किन अस्वीकार गरेको रिपोर्ट सार्वजनिक भईसकेका छन् । आफू अनुकूल रिपोर्ट नआउने भएपछि त्यसको विरोध गरिएको जगजाहेर छ ।

गौर घटना गराउने नायकमध्येका एक तत्कालिन मधेशी मुक्ति मोर्चाका महासचिव विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मुछिएको भन्दै तिनि भूमिसुधार तथा व्यवस्था मन्त्री बनेपछि बर्खास्तगीको माग गर्दै २०६८ असोज २६ गते संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नु अगावै कांग्रेस–एमालेसहितका प्रतिपक्षी दलका सभासद्हरुले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सदन स्थगित भएको कुरा स्मरण गराउन चाहन्छौ । प्रहरी अनुसन्धानबाट दोषी देखिएका तिनीविरुद्ध मुद्दा दायर नगरी जिल्ला सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिन खोजेको प्रतिपक्षी दलले आरोप समेत लगाएका थिए । तत्कालिन संसदीय दलका नेता रामचन्द्र पौडेल (हालका सम्माननीय राष्ट्रपति), रामशरण महत, एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललगायतले ती मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका थिए । त्यस्ताका कांग्रेस नेता पौडेलको भनाईलाई कान्तिपुर अनलाइनले लेखेको थियो, ‘एउटा कर्तव्यनिष्ट प्रहरी अधिकारी खरो उत्रँदै, खतरा मोलेर अनुसन्धान गरेका छन्, यति ठूलो अपराधलाई ढाकछोप गर्ने प्रधानमन्त्रीको कस्तो नैतिकता ?’ खनालले अनुसन्धान गर्ने प्रहरी भएकाले उसको प्रतिवेदनलाई विश्वास गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए । यसबारे अनुसन्धान गरेका प्रहरी अधिकारीले तिवारीको हत्याको दोषीबारे आफ्नो भनाई अन्तर्वार्ता मार्पm्त् स्पष्ट रुपमा राखेकै छन् । तर, तिनैको अगुवाईमा पछिल्लो सम्झौता हुनु पडयन्त्रको गन्ध र मनसुवा स्पष्ट हुन्छ ।
गौर घटना गराउने मतियार र पछिल्लो समय पीडितको पक्षपाती भएको ढोंग गर्दै हिडेका व्यक्ति प्रभू साह २०६७ मा कानुन, २०६८ मा भूमि सुधार, २०७४ र २०७७ मा सहकारी गरी चार पटक मन्त्री भए । तर, तिनलाई त्यसताका पीडितहरुको चिन्ता भएन । यसपटक मन्त्री बन्न नपाएपछि हतास मानसिकताले ग्रसित भई सम्झौता गर्दै हिडेका छन् । फेरी त्यस्तासंग सम्झौता गर्नुको के तुक छ ?

एसपी सिद्धिविक्रम शाहले गौर घटनालाई राजनीतिक प्रकृतिको घटना भएकोले आफू यसबारे थप बोल्न नमिल्ने प्रतिक्रिया २०७७ चैत ७ मा कान्तिपुर अनलाइनमा शिव पुरीद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।
आमसभाको अघिल्लो राति मकवानपुर, सिन्धुली, दांग, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायतका जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा साना हतियारसहित गौरस्थित रामजानकी धर्मशालामा परिचालन गरिएको कान्तिपुरमा उल्लेख प्रकाशित छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले अप्रिल २००७ मा गौर घटना सम्बन्धमा जारी गरेको आफ्नो १० पृष्ठ लामो प्रतिवेदनमा निम्न लिखित निस्कर्ष सार्वजनिक गरेको थियो –

As part of an MPRF initiative to hold rallies in Parsa , Bara and Rautahat, the Rautahat district-level MPRF decided to organize a rally at the Rice Mill in Gaur on 21 March and begun preparations well in advance, including announcing it publicly .The decision was taken at least a week before the CPN-M decided to do the same…………A clash was widely expected, including by Police.

(मधेशी जनअधिकार फोरम (एमपीआरएफ) ले पर्सा, बारा र रौतहटमा र्याली आयोजना गर्ने निर्णय अनुसार एमपीआरएफ– रौतहट जिल्ला समितिले मार्च २१ मा गौरको राईस मिल मैदानमा कार्यक्रम गर्ने सार्वजनिक रुपमा घोषणा गरेको थियो । कार्यक्रमलाई सफल बनाउन एमपीआरएफले तयारी पनि शुरु गरिसकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) (सीपीएन–एम) ले झण्डै सात दिनपछि त्यही स्थान र मितिमा उस्तै कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । प्रहरीसहित धेरैले त्यहाँ मुठभेड हुने संभावनाको आंकलन गरेका थिए)
(ओएचसीएचआरको प्रतिवेदनः २००७, पृ.२–३)

माथि उल्लेखित भनाईले नेकपा (माओवादी) ले फोरम नेपालको कार्यक्रमलाई विथोल्ने र हिंसा भड्काउने रणनीति र मानसिकताले ग्रसित भएको देखाउँछ । आफ्नो बर्चस्प र दबदबा कायम गर्न तथा कथित जनयुद्धको ह्याङ्ग ओभरका कारण यो घटना भएको पुष्टि गर्छ ।

…. the local CPN-M leadership and representative of CPN-M sister organization Madheshi Rastriya Mukti Morcha made no attempt to reach a compromise that would avoid the expected clash.

(स्थानीय नेकपा माओवादी नेतृत्व र उसको भ्रातृ संगठन मधेशी राष्ट्रिय मुुक्ति मोर्चाका प्रतिनिधिले अपेक्षित झडप हुन नदिने गरी सहमतिका लागि कुनै पहल गरेनन्)

….CPN-M cadres had been arriving in Gaur from Chitwan,Makwanpur, Bara and other Central Region areas in two days prior to 21 March and were staying at local guest houses. The CPN-M procession (of several hundred ) was led by Young Communist League (YCL) cadres, a few with backpacks, some carrying sticks or bhaatas. Older supporters , probably local residents, took up the rear of the procession , some of them also carrying sticks.

(…२१ मार्चको कार्यक्रमलाई मध्यनजर गर्दै चितवन, मकवानपुर, बारालगायत अन्य क्षेत्रका माओवादी कार्यकर्ताहरु दुई दिनअघिबाटै गौर आएर स्थानीय गेस्ट हाउसहरुमा बसेका थिए । सयौंको संख्यामा माओवादीको युवा कम्युनिष्ट लिग (वाईसीएल) का कार्यकर्ताहरुले पिउँठूमा झोला , हातमा लाठी (भाटा) बोकेर कार्यक्रमअघिको जुलुसमा सहभागी भएका थिए । त्यसमा पुराना समर्थकहरु सम्भवतः स्थानीय बासिन्दाहरु पनि सहभागी थिए, ती मध्ये केहीले लाठो बोकेका थिए)

…a group…. attacked the unattended CPN-M stage . An apeal to stop the destruction of the stage made over the microphone from MPRF stage was ignored . In response to the attack, CPN-M cadres …….some of them using slingshots and throwing stones at the retreating MPRF crowd।

(एउटा समूहले सभाका लागि माओवादीले बनाएको मञ्चमा आक्रमण गर्यो । त्यसलाई रोक्न मधेशी जनअधिकार फोरमले बनाएको मञ्चबाट माइकिंग गरिएको थियो । तर फोरमको उक्त अपिल अस्वीकार गरियो । आक्रमणको जवाफमा नेकपा–माओवादीका कार्यकर्ताहरुले…..केहीले गोलाबारी गर्दै पछाडि हटिरहेको फोरम कार्यकर्ताको भीडमाथि ढुंगा हान्न थाल्यो ।)

During the charge, some shots were also fired and a small number of explosions were heard. It has not been possible to establish who fired the first shots or who was responsible for the explosions. However, information gathered by OHCHR shows that at least one shot was fired in the air by a CPN-M cadre during the initial charge….

(भिडन्तका क्रममा केही गोली पनि चलाइयो र थोरै संख्यामा विस्फोटको आबाज सुनियो । पहिलो गोली कसले चलाएको हो वा विस्फोट कसले गरेको हो भन्न खुल्न सकेको छैन । यद्यपी ओएचसीएचआरद्वारा संकलन गरिएको सूचनामा एकजना माओवादी कार्यकर्ताले हावामा गोली चलाएको उल्लेख छ ।)

No deaths as a result of bullet injuries were recorded.

(…..गोली लागेर कुनै मृत्यु भएको रेकर्ड गरिएको छैन )

………….OHCHR did not receive any eye-witness account of rape or sexual mutilation. None of those who made the allegations and who were interviewed by OHCHR were able to provide evidence to support their allegations. OHCHR staff saw two of the women’s bodies, which showed no signs of sexual mutilation.

(…..ओएचसीएचआरलाई बलात्कार वा यौन उत्पीडनको घटनासंग सम्बन्धीत कुनै प्रत्यक्षदर्शी फेला परेन । ज–जसले यी आरोपहरु लगाएकाक थिए तिनीहरुसँग ओएचसीएचआरले साक्षात्कार गर्दा आफूले लगाएको आरोपको पुष्टि हुने प्रमाण दिन सकेनन् । ओएचसीएचआरका कर्मचारीले दुई महिलाहरुको शरीर हेर्दा तिनीहरुमा यौन उत्पीडनको कुनै निशान भेटिएन ।)

…..according to medical experts, there were no external signs of rape on any of the female victims.

(….चिकित्सकहरुका अनुसार पीडित महिलामा बलात्कारको कुनै पनि बाहिरी चिन्हरु देखिएको थिएन ।)

There have been numerous allegations that the killings in Gaur were premeditated and planned. OHCHR has not yet found evidence to substantiate claims that the killings themselves were preplanned and the individual identities of those responsible or any possible affiliations have yet to be established.

(…..गौरमा हत्या सुनियोजित र योजनाबद्ध रुपमा भएको आरोप थुप्रैको थियो । तर, ओएचसीएचआरले हालसम्म यी आरोपहरुलाई पुष्टि गर्ने र घटनामा कुनै व्यक्ति जिम्मेवार रहेको प्रमाण फेला पारेको छैन ।)

There have also been a number of allegations that other armed groups were involved either in planning or carrying out the violence and/or the killings. Some sources allege that MPRF leaders had hired armed men as security personnel, possibly from India….. The scope of OHCHR’s investigations did not enable it to determine the individual identities of those responsible for the incidents in Gaur.

(हिंसा वा हत्याको योजना बनाउन वा गराउनमा अन्य सशस्त्र समूहहरु सलंग्न रहेको आरोप समेत लगाइए । केही स्रोतहरुले फोरम नेताहरुले सम्भवतः भारतबाट हतियारधारीहरुलाई सुरक्षा कर्मचारीको रुपमा नियुक्त गरेका थिए ।….ओएचसीएचआरको अनुसन्धानको दायरामा गौरमा भएका घटनाहरुका लागि आरोप लगाइएका व्यक्तिहरुको सम्बन्धमा छानबिनबाट उक्त कुराको पुष्टि हुन सकेन ।

तर, पूर्वाग्राही भई कसैको नाम किटानीका साथ मुछेर बदनाम गराउनेहरुलाई उक्साउने र मनोवल बढाउने गरी पछिल्लो समय गृहमन्त्रालयको मातहतमा जुन सम्झौता भएको छ, त्यो खेदजनक मात्रै छैन, मुलुकलाई मुठभेड र राजनीतिक अस्थिरतातिर धकेल्ने षडयन्त्र पनि हो ।)

OHCHR’s investigation shows that local authorities failed to take even minimum action both to prevent the violence which had been anticipated, failed to intervene once the violence started and made no attempt to arrest anyone during the violence.

(…..ओएचसीएचआरको अनुसन्धानले स्थानीय अधिकारीहरुले अपेक्षित हिंसालाई रोक्नका लागि न्यूनतम कदम समेत चाल्न सकेनन्, हिंसा शुरु भएपछि हस्तक्षेप गर्न असफल हुनुका साथै हिंसाको समयमा कसलाई पक्राउ गर्ने प्रयाससम्म गरेनन् ।)

Under the chairmanship of the CDO, the District Security Committee decided to try to persuade the CPN-M to alter their venue….. The ex-president of the Chamber of Commerce took the initiative to try to bring together all parties to find a solution, and, having first consulted with the police, invited the MPRF and political parties, including the CPN-M, to a meeting. However, the meeting was cancelled because the CPN-M did not attend.

(….सीडीओको अध्यक्षतामा जिल्ला सुरक्षा समितिले नेकपा माओवादीलाई स्थान परिवर्तन गर्न मनाउने प्रयास गर्ने निर्णय गर्यो….। चेम्बर अफ कमर्शका पूर्वअध्यक्षले सबै दललाई एकजुट गरी समाधान खोज्ने क्रममा पहिले प्रहरीसंग परामर्श गरी नेकपा माओवादीलगायत राजनीतिक दललाई बैठकमा बोलाए । तर, नेकपा माओवादी उपस्थित नभएकाले बैठक स्थगित भएको थियो ।)

तत्कालिन नेकपा माओवादीले सर्वदलिय बैठक बहिष्कार गर्यो । यसको पछाडि जिल्ला नेताका दम्भ, घमण्ड र हठ नै हो । त्यसपछि के भयो, सबैजनालाई थाहै छ । यही दम्भ र हठ पालेर बसेका रौटहटका नेताको लहड र पूर्वाग्रहलाई पछ्याउदै गृह मन्त्रालयमा सम्झौता भएको छ, जुन गलत छ ।

Police made no attempt to arrest the attackers.

(…..प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ गर्न कुनै प्रयास गरेन ।)

On 23 March, the Government announced that it was setting up a high level committee headed by an appellate court judge to investigate the Gaur incidents. Press reports indicated that they had been asked to submit a report within 15 days but it did not immediately begin its work after the composition was challenged by  the CPN-M.

(…..मार्च २३ मा, सरकारले गौर घटनाको छानबिन गर्न पुनरावेदन अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्ने घोषणा गरेको थियो । १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, नेकपा माओवादीले त्यसको विरोध गरेपछि समिति त्यतिकै निस्क्रिया बन्यो ।)

The MPRF has since announced the formation of its own investigation team, headed by a former Supreme Court judge from Gaur, because the Government had not taken into account its demand in the formation of the official investigation team.

(…..फोरमले सरकारसंग आधिकारिक जाँच टीम गठन गर्नुपर्ने मागलाई सम्वोधन नगरेपछि उसले आफैले जाँच समिति गठन गर्ने घोषणा गरेको थियो ।)

Throughout the unrest in the Terai, the police have often vacillated between excessive use of force and inaction. In this case as has happened in the past, it was particularly disturbing that the police and local administration placed more emphasis on guarding government property than protecting lives and physical integrity and that only a handful of police were deployed at the time of the rallies.

(तराईमा आन्दोलनका क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गर्छन् । तर, गौर घटनाका क्रममा प्रहरी र स्थानीय प्रशासनले मानिसको जीवन रक्षाको साटो सरकारी सम्पत्तिको सुरक्षामा बढी जोड दिएको, र्यालीका बेला थोरै मात्र प्रहरी खटाइएको थियो ।)

Nothing can justify the killings which occurred. However, the CPN-M action in organizing a rally at the same time and place as the MPRF, as it has done in other locations, was provocative.

(कुनै पनि कुराले हत्याको औचित्य प्रमाणित गर्न सक्दैन । तर, नेकपा (माओवादीले अन्य स्थानमा गरे झै एउटै समयमा र स्थानमा कार्यक्रम आयोजना गर्ने कार्य उत्तेजक थियो ।)

राष्ट्रिय मानव अधिकार आयोगले पनि गौर घटनाबारे आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ । आयोगले उजूरी नं. ४०४२ गौर घटनाबारे मिति २०७९-०९-१९ मा सार्वजनिक गरेको निर्णयमा भनिएको छ –

उजूरी मिसिल र प्रतिवेदनहरुको अध्ययनबाट घटना हुनुको पछाडि मुख्य रुपमा तल उल्लेख चार कारणहरु रहेको देखियो-

तत्कालीन नेकपा (माओवादी) प्रति मधेशी जनअधिकार फोरम र तत्कालीन मधेशी जनअधिकार फोरमप्रति नेकपा(माओवादी) को प्रतिशोधयुक्त व्यवहारको कारण मिति २०६३ साल माघ १७ गते गौरमा नेकपा(माओवादी) बाट मधेशी जनअधिकार फोरम समर्थित नेता तथा कार्यकर्तामाथि भएको कुटपीट, लाठी प्रहार(ज्यादति) विरुद्धको प्रतिशोधी भावना ।

मधेशी जनअधिकार फोरमले मिति २०६३-१२-७ गते कार्यक्रम गर्ने भनी कार्यक्रम स्थल तय गरी १०-१२ दिन अघिदेखि प्रचार–प्रसार गरिरहेको अवस्थामा कार्यक्रम हुनुभन्दा दुई दिनअघि मात्र तत्कालीन नेकपा(माओवादी) को भातृसंगठन मधेशी मुक्ति मोर्चाले फोरमले कार्यक्रम गर्न तय गरेको स्थान गौर राइस मिलको चौरलाई नै छनोट गरी भिडन्तको अवस्था सिर्जना गर्नु ।

एकै स्थान र समयमा कार्यक्रम नगर्नकालागि स्थानीय वाणिज्य संघले गरेको पहलमा भएको बैठकमा नेकपा माओवादी अनुपस्थित रहनु ।

जिल्ला सुरक्षा समितिले थप सुरक्षाकर्मी माग गर्ने भनी मिति २०६३-१२-६ गते गरेको निर्णय बमोजिम थप सुरक्षाकर्मी पठाउने कार्यमा सम्बन्धित तालुक कार्यालयबाट वेवास्ता हुनु । 

(यो सामग्री जनता समाजवादी पार्टीको तर्फबाट प्राप्त भएको हो । सं)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्