पहिचानकाे आधारमा प्रदेशकाे नामकरण गर्छाैं भन्नु गलतः कांग्रेस नेता काेइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर काेइरालाले पहिचानकाे आधारमा प्रदेशकाे नामकरण गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङकाे शनिबार विराटनगरमा आयोजित पदस्थापन समाराेहमा उनले याे कुरा बताएका हुन् ।

उनले भने, ‘जातीय एवम् पहिचानका आधारमा प्रदेशको नामकरण गर्छाैं भन्नु गलत विचार हो ।’

साे क्रममा उनले नेपालमा कुनै पनि धर्मकाे बाहुल्यता नभएकाे तर संविधानमा लेखिएकाे कुरा पालना गर्नुपर्ने बताए ।

साे क्रममा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्नुपर्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img