गाई-गोरु बध गर्न पाउने कानुन बनाउन सांसद दुर्गा राईकाे माग

नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारकाे चाडपर्व मनाउन गाई-गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छन् ।

मंगलबार संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनेर लेखे पनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् ।

उनले राई-लिम्बुको संस्कृतिमा गोरुको मासु चढाउनुपर्ने परम्परा रहेको भन्दै त्यस्ता संस्कृति मनाउनेहरुका लागि गाई-गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् ।

साे क्रममा उनले राज्यको कुनै धर्म नहुने भन्दै नेपालकाे राष्ट्रिय जनावर परिवर्तन गर्न पनि माग गरिन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्