किताबमै लेखिँदै छ ‘वंश गद्दारहरु’का नाम !

सत्ता र निजी स्वार्थका लागि आफ्नै समुदायकाे पहिचान, संस्कृति र अधिकारविरुद्ध उभिने नेताहरुका बारेमा अब किताब नै तयार गरिदैँ छ ।

सांस्कृतिक अभियान्ता भद्रगोल किरातीले त्यस्ता नेताहरुबारे किताब लेख्ने काम भइरहेको जनाएका छन् । जसको शीर्षक ‘इतिहासमा वंश गद्दाहरु’ रहने छ ।

किरातीले सामाजिक सञ्जालबाट किताबको तयारीबारे जानकारी दिँदै अमूल्य सुझाव पठाउन अनुरोध गरेका छन् ।

किताब लेखक भद्रगाेल किराती ।

प्रदेश नं १ लाई पहिचानको आधारमा नामकरण गर्न माग गरिरहेका पहिचानवादीहरुले पहिचानविरुद्ध लाग्ने आफ्नाे जाति वा समुदायका नेता तथा सांसदहरुलाई वंश गद्दार भन्दै बहिष्कार गर्ने, कालो झन्डा देखाउने लगायतका आन्दोलन गरिरहेका छन् ।

उनीहरुले प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति निर्माण गरी प्रदेश नं १ लाई कोशी नाम राख्न सहयाेग गर्ने ८२ जना प्रदेश सांसदहरुलाई कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण नभएसम्म बहिष्कार गर्ने, कालो झन्डा देखाउने नीति लिएका छन् ।

पहिचानविरुद्ध लाग्ने आफ्नै समुदायका नेताहरुलाई उनीहरुले केही समयअघि वंश गद्दार घोषणा गरेका थिए ।

किताबमा कुन कुन समयमा क-कसले वंश गद्दार गरेका थिए भन्नेबारे जानकारी दिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्