शिक्षा मन्त्रालयभित्रको फोहोर मिल्काउन लागिपरेको छुः मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा मन्त्रालयभित्र रहेका विकृति र समस्याहरुलाई समाधान गर्नेतिर आफ्नाे ध्यान केन्द्रित भइरहेको बताएका छन् ।

आइतबार सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–३ बांगेमा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय जनप्रतिजिनधिहरुसँगको भेलामा मन्त्री राईले शिक्षा मन्त्रालयभित्र अनेक विकृति र समस्याहरु रहेकोले फोहोर मिल्काउन आफू लागिपरेको बताए ।

सो क्रममा उनले विद्यालय शिक्षा ऐन (संघीय शिक्षा ऐन) चाडै संसदमा पेस गर्न लागेको पनि जानकारी दिए ।

उनले मन्त्रालयको काममा व्यस्त रहेको समयबाहेक हरेक महिना सुनसरी–१ (निर्वाचन क्षेत्र) मा जनतासँग भेटघाट गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नाे निर्वाचन क्षेत्रका हरेक समस्यालाई गम्भीरतापूर्वक नियालिरहेको बताएका थिए ।

बराहक्षेत्रको वडा नं १, २, ३, ४, र ५ नम्बरका निर्वाचित वडाअध्यक्षहरु तथा पार्टीका कार्यकर्ताहरु सहभागी रहेको भेलामा जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ पनि सहभागी भएकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्