किरात प्रदेशमै एकताबद्ध भएर आन्दोलन उठाउन पालुङ्वाकाे प्रस्ताव

कोशी प्रदेश नाम खारेज गरेर के नाम राख्ने भन्ने विषयमा पहिचान पक्षधरहरुकै बिचमा साझा धारणा बन्न नसकिरहेकाे बेला राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले साझा नामको रुपमा किरात प्रदेश लिएर जान प्रस्ताव गरेका छन् ।

उनले लिम्बुवान, खम्बुवान, कोचिलादेखि धिमाल र याक्खा स्वायक्त क्षेत्रसम्म रहने गरी हालका लागि किरात प्रदेशको परिकल्पना गरेर अघि बढ्न पहिचानवादीहरुको बिचमा प्रस्ताव राखेका हुन् ।

‘म राष्ट्रिय जनमुक्ति पार्टी लगायत सात घटकबाट एउटा प्रस्ताव गर्न चाहन्छु,’ केही दिनअघि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले झापामा आयोजना गरेकाे कार्यक्रममा उनले भने, ‘कोशी नाम खारेजीपछिकाे विकल्प के हो त ? यहाँ हामी अल्मलिरहेका छौं । कोशी नाम खारेजीको आन्दोलन त छँदै छ, तर आन्दोलनपछिको विकल्प के हो भन्दाखेरि प्रदेश नं १ को नाम किरात प्रदेश भनेर एकचोटि हामी एक भएर सोचौं ।’

उनले किरात प्रदेश भनेर एकताबद्ध हुन सके त्यसले पहिचानको आन्दोलनमा ठुलाे एकता र बल पुग्ने बताए ।

कोशी प्रदेश नाम खारेज भएपछि नाम के राख्ने भन्ने विषयमा पहिचानवादीहरुकाे बिचमा मतभिन्नताहरु रहेका छन् ।

कसैले लिम्बुवान किरात, कसैले किरात लिम्बुवान, कसैले किरात, कसैले किरात लिम्बुवान शेर्पालुङ जस्ता नाम राख्नुपर्ने तर्क गरिरहेका छन् ।

प्रदेशकाे नाम किरात लिम्बुवान राख्नुपर्ने प्रचार तीव्र भएपछि केही दिनअघि मात्रै कोचिलाहरुको पनि पहिचान सम्बोधन हुनुपर्ने भन्दै ती समुदायका अगुवाहरुले अलग्गै आन्दोलन थाल्ने तयारी गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

7 COMMENTS

    • तपाइले सहमत भन्नू भो तर आधिकान्स लिम्बुहरु मान्न तयार छैनन त्यही पहिचान बादी आफुहरु फुट हुने अबस्था आयो आउँछ । आफै आफै लड्ने भए कस्लाइ फाइदा हुन्छ । यो राम्रो होइन ।

  1. कस्तो साँघुरो साेँच भएको केपी ओली जस्तै केपी पालुङ रहेछ । यिनको मतलब मैले खाएपछि अरुलाई अघाउछ भनेजस्तो भयो ।

  2. सहमत !
    किरात लिम्बुवान शेर्पालुङ कोचिला मधेस भनेर आन्दोलनलाई नै गिजोल्ने काम भै रहेको छ ।

  3. बिशाल किरात प्रदेश ।
    लिम्बुवान कोचिला सेर्पालुङ जस्तै अन्य समुदाय लाइ पहिचान सहितको स्वत्तप्रदेश राखे। मजबुत रहनेछ। नत्र आफना आफ्ना माग मा अदिग रह्यो भने पहिचान बिरोध हरु बलिया हुनेछ्न।
    सबै को साझा धारण किरात प्रदेश मा जावोस अगृम सुभकामना।

  4. लाज्र्हाङ किरात को लागि सहिद भको हैन मनिल माङ्तोक किरातको लागि सहिद भएका हैन शयौ युवाहरु किरात को लागि आन्दोलन गरेर अपाङ्ग बएर बसेका छैनन मित्र किरात को कुन एतिहास मा लेखिएको छ कोको घाईते भए कतिले सहिद प्राप्त गरे कहाँ आन्दोलन गरेको छ त्यो हामिलाई देखाउ गर्ने भन्ने हनुमान जस पाउने ढेडु त्यशैले लिम्बुवान किरात को विकल्प अरु कुनै नाम छैन लिम्बुवानि सहिद हरुको अपमान गर्न नखोजिहोज फेरि आफै फन्दामा पर्लाउ योकुरा हेक्का रहोस

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img