योगेश भट्टराई पहिचानवादीहरुसँग निहुँ खोज्दैछन्

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबार मेची राजमार्ग ठप्प पारेको छ ।

ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झन्डा देखाएको तथा उनको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले आफ्ना दुई जना कार्यकर्तालाई पक्राउ गरेपछि सोको विरोधमा समितिले राजमार्ग बन्द गरेको हो ।

प्रहरीले गत मंसिर १० गते राति १०ः३० बजे पाथीभरा यङवरक–३ का विपिन कङ्लिवा र आनन्द कङ्लिवा लिम्बुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई तत्काल रिहा गर्नुपर्ने समितिको माग छ ।

ठप्प मेची राजमार्ग

कोशी प्रदेश नाम खारेजीको आन्दोलन चर्किरहेको बेला एमाले अध्यक्ष केपी ओली र सचिव योगेश भट्टराईले संसदमै राई, लिम्बु, तामाङ, मगर, गुरुङ, शेर्पा लगायतलाई सामुदायिक रुपमै गाली गरेको समितिले जनाएको छ ।

समितिले साम्प्रदायिक रुपमा गाली गर्नेमा एमाले नेता महेश बस्नेत समेत रहेको भन्दै तीनैजनालाई कालो झन्डा देखाउने आफूहरुको पूर्वघोषित कार्यक्रम रहेको जनाएको छ ।

समितिले योगेश भट्टराईले जानी जानी निहुँ खोज्न ताप्लेजुङमा कार्यक्रम गरेको र सोही कारण अहिलेको परिस्थिति निर्माण भएको जनाएको छ ।

कोशी प्रदेश नाममा मतदान गर्ने ८२ जना प्रदेश सांसदहरुलाई कालो झन्डा देखाउने घोषणा गरेको समितिले आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img