पूर्वमन्त्री गोपाल किरातीसहित ८ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै गरिएको आन्दोलनमा पूर्वमन्त्री गोपाल किराती खोटाङबाट पक्राउ परेका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आज [१२ डिसेम्बर]देखि मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-चिवाभन्ज्याङ सडक बन्द गरेको छ ।

पहिचान पक्षधर आन्दोलनकारीहरुले सडक बन्द गराउँदै हिँडिरहेकाे बेला प्रहरीले पूर्वमन्त्री किरातीसहित विभिन्न ठाउँबाट आठ जनालाई पक्राउ गरेको हाे ।

संघर्ष समिति भोजपुर जिल्लाका संयोजक वीरबहादुर राईसहित पनन राई र दिनेश राई भाेजपुरबाटै पक्राउ परेका छन् ।

किरात राई यायोक्खाका महासचिव भीम राईका अनुसार हलेसी तुवाचुङ नगरका संयोजक राजेश राईसहित विजय राई, गन्धमान राई खोटाङकाे हलेसीबाट पक्राउ परेका छन् ।

यसैगरी पहिचानवादी युवा नेता उदिम चाम्लिङ खाेटाङकाे नुनथलाबाट पक्राउ परेका छन् ।

पहिचान आन्दोलनका अगुवा भद्रगाेल किरातीले पूर्वमन्त्री किरातीलाई पक्राउ गर्नु नै राज्यकाे हारकाे मानसिकता भएकाे प्रतिक्रिया दिए ।

उनले किरातीलाई तत्काल बिनासर्त रिहा नगरे थप कडा आन्दाेलनका कार्यक्रम ल्याउने चेतावनी दिए ।

संघर्ष समितिले काेशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदसहित एमालेका अध्यक्ष केपी ओली, सचिव याेगेश भट्टराई र एमाले युवा संघका इन्चार्च महेश बस्नेत सहभागी हुने कार्यक्रममा विराेध गर्ने घाेषणा गरेकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्