पहिचान र समाजवाद स्थापनाका लागि नयाँ पार्टी खाेल्ने

पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री गोपाल किराती, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा र नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्लाका नेता कृष्ण चोङबाङले पहिचान र समाजवाद स्थापनाका लागि नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।

हिजो धरानमा तीन नेता बसेर ‘नयाँ राजनीतिक शक्ति निर्माण गर्ने’ सहित तीनबुँदे सहमति गरेका हुन् ।

उनीहरुले कोशी प्रदेश नाम खारेजी तथा देशव्यापी जारी पहिचानको आन्दोलनमा दृढतापूर्वक सघाउने र पहिचान र समाजवाद स्थापनाका लागि तेस्रो जनआन्दोलन तयारी समिति गठन गर्ने पनि सहमति गरेका छन् ।

तीन बुँदे सहमति कार्यान्वयनका लागि सम्बन्धित व्यक्तिहरुको परामर्श लिएर उपयुक्त मिति र स्थानमा फेरि भेला आयोजना गरिने सहमतिपत्रमा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img