किर्तिमान मादेन

जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङ जिल्ला अध्यक्ष किर्तिमान मादेनले मुक्कुमलुङबाट पछि हट्न सरकारलाई अनुरोध गरेका छन् ।

मुक्कुमलुङको रेखदेख गर्ने जिम्मा सम्बन्धित समुदाय (लिम्बु)लाई नै दिनुपर्ने उनकाे भनाइ छ ।

अध्यक्ष मादेनले शुक्रबार एक विज्ञप्ति जारी गरी आदिवासी लिम्बुहरुले पुज्दै आएको मुक्कुमलुङलाई २०५३ सालमा पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश जारी गरी सरकारले प्रत्यक्ष अतिक्रमण गरेकोकाे बताए ।

‘राज्यसत्ताले ऐतिहासिक नाम मुक्कुमलुङ विस्थापन गरी पाथीभरा बनायो । सरकारले २०५३ सालमा पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश ल्याएर मुक्कुमलुङमाथि प्रत्यक्ष अतिक्रण गर्यो,’ विज्ञप्तिमा भनिएकाे छ, ‘हिन्दु मुर्ती, होमादी घर, त्रिशुल, घण्ट, शिवलिंग ठड्याउँदै लग्यो । वास्तवमा त्यहाँ प्रकृतिलाई पुज्ने हो । त्यो अजंगको पर्वत आफैमा शक्तिपुञ्ज भएकोले त्यो पहाडलाई आदिवासी लिम्बुहरुले पुज्दै आएका छन् ।’

उनले मुक्कुमलुङमा केबलकार निर्माण गर्ने विषयलाई लिएर लिम्बुजन्य संस्थाहरुले गरिरहेको आन्दोलनलाई नियालिरहेको भन्दै मुक्कुमलुङ बचाउ आन्दोलनमा ऐक्यबद्धता र सहभागिता जनाउन सम्पूर्ण न्यायप्रेमी जनतालाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here