अन्तर्राष्ट्रिय नेपाली समाज युएईकाे अध्यक्षमा मुम्चे राई

अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अध्यक्षमा मुम्चे राई (विद्रोही साइला) निर्वाचित भएका छन् । आज सम्पन्न पाँचौं अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शोभा शर्मा, भुपाल पौडेल, महासचिवमा धनकृष्ण राई, सचिवमा रन्जु राई, कोषाध्यक्षमा दिपक गुरुङलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा राधिका सुधाकर, मोहमद कमरुल, चिरन्जीवी लुइटेल, युक्तबहादुर सार्की, मोहन बराइली, मनोज जिम्बा र भीमबहादुर तामाङ छन् ।

समितिका पदाधिकारी तथा सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनको उद्घाटनका प्रमुख अतिथि जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ थिइन् ।

जसमा जसपा केन्द्रीय सदस्य तथा प्रवास विभाग इन्चार्ज आङकाजी शेर्पा लगायत अतिथिहरु थिए । अधिवेशनको उद्घाटन समारोह युएई इन्चार्ज पासाङ शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्