आदिवासी जनजातिहरुले अधिकार प्राप्तिका लागि राजनीति गर्नुपर्छः अध्यक्ष शेर्पा

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरु राजनीतिक रुपमा सचेत हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडाैंमा अन्तर्राष्ट्रिय मगर सम्मेलनमा शेर्पाले साे कुरा बताएका हुन् ।

आदिवासी समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै राजनीतिक रुपमा पनि सचेत भएर अघि बढ्न आवश्यक रहेकाे उनले बताए ।

‘हाम्राे पहिचान भाषा हो । भाषा मर्न दिनु हुँदैन । जनसंख्याकाे हिसाबले मगरहरु सबैभन्दा बढी जनसंख्या भएको जाति हो’, उनले भने, ‘ती बाहुल्य भएको थातथलोमा यस्ता कार्यक्रम गर्न सकेमा त्यहाँका मगरहरु पनि उत्साहित हुन्छन् र बाहिरका मगरहरुले पनि हाम्रो धर्म, संस्कृति, भाषा, भेषभूषा के रहेछ ? कसरी हाम्रा दाजुभाइहरु बसेका रहेछन् भनेर बुझ्न पाउँछन् । त्यसकारण मगरहरुको आदिभूमिमा यस्ता कार्यक्रमहरु आयोजना गरिनुपर्छ ।’

उनले देशमा गणतन्त्र ल्याउनका निम्ति मगर समुदायले ठुलो योगदान गरेकाे भए पनि साे अनुसार प्रतिफल प्राप्त गर्न नसकेको बताए ।

उनले भने, ‘नेपालकाे गणतन्त्र ल्याउनका निम्ति मगरहरुको ठुलो योगदान छ । तर त्यस अनुसार हामीले प्रतिफल पाएका छैनौं ।’

उनले आदिवासी समुदाय राजनीतिकाे डाडु पन्यु चलाउने ठाउँमा नपुगेसम्म अधिकार प्राप्त नहुने पनि बताए ।

‘राजनीतिले विकाससँग जोडिन्छ । विकास गरेपछि जनतासँग जोडिन्छ । जनतासँग जोडिएमा हामी अगाडि बढ्न सक्छौं’, उनले भने ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्