रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दियो

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशाेध साँधेकाे बताएका छन् ।

भट्टराईले शुक्रबार कास्की जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा रहेका लामिछानेलाई भेटेपछि पत्रकारहरुसँग साे कुरा बताएका हुन् ।

उनले भने, ‘रविजीलाई मैले नयाँ शक्तिको अभियान सुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ। तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, योप्रति अस्वाभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो। उहाँको स्वास्थ्य कस्तो छ भनेर हो, उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ। तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु । सहकारी सम्बन्धी समस्या छ, त्यसको जरो धेरै फैलिएको छ। सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन्, पालैपालो मुख्य तीन दलका तीन नेताहरुकै वरिपरी बढी अपचलन भइरहेको छ। त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना वचतकर्ताहरु मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ। अहिले यो कुरालाई अल्झाइराख्ने त होइन भन्ने छ। कानूनले आफ्नो बाटो लिओस्। त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनुहुँदैन। रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो । मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ। उनीहरुको समस्या समधान गर्नुपर्छ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img