‘आफूलाई कम्युनिष्ट भन्ने माओवादीकाे बजेटप्रति आधिकारिक धारणा के हो?’

राजनीतिक विश्लेषक हरि रोकाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सहित कम्युनिष्ट तथा समाजवादी पार्टीहरूको एमाले-कांग्रेस गठबन्धन सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रममाथि आधिकारिक धारणा जानकारी गराउन माग गरेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै एमाले-कांग्रेस गठबन्धन सरकारको बजेटप्रति माओवादी केन्द्रकाे आधिकारिक धारणा नआएको भन्दै बजेटमा खास खास मुद्दामा मात्र विमती हो कि सैद्धान्तिक प्रणालीमै विमती हो ? भन्ने प्रष्ट पार्न आग्रह गरेका हुन् ।

‘आफूलाई कम्युनिष्ट भन्ने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायत कम्युनिष्ट तथा समाजवादी पार्टीहरू कांग्रेस-एमाले गठबन्धन सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रममाथिको आधिकारिक धारणा के हो ?,’ उनकाे प्रश्न छ, ‘उनीहरूको खास खास मुद्दामा मात्र विमती हो कि सैद्धान्तिक प्रणालीमा ? पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सिफारिस गरेको नवउदरवादको तेस्रो संस्करणको सुधारलाई गठबन्धन सरकारले पूर्ण रूपमा संस्थागत हिसाबले कार्यान्वयनमा लगिरहेको अवस्थामा उनीहरूको सैद्धान्तिक मत, विमत के हो थाहा चाहियो ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img