जसपा नेपालका नेता डा. केके राई नेपाली कांग्रेसमै फर्किएका छन्।
खोटाङको दिक्तेलमा एक निजी अस्पताल समेत सञ्चालन गर्दै आएका डा. राई सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टिकरण स्वरूप राजनीति भनेको ‘स्वयम् सेवा’ रहेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “नाफा–नोक्सानको हिसाब–किताब भनेको राजनीति होइन, व्यापार हो। राजनीतिक अभियान भनेको यथार्थमा स्वयम् सेवा हो। स्वयम् सेवाको आकर्षण भनेको आत्मीय मित्रता, प्रेमपूर्ण व्यवहार र सद्भावपूर्ण वातावरण हो।”
उक्त दिन कांग्रेसका खोटाङ्गे नेताहरूले उनलाई घेराबन्दी गरेपछि कसरी उम्किने भन्ने सन्देश दिन उनले कांग्रेस प्रवेश गर्ने संकेत दिएका थिए।
जसपा नेपाल विभाजनका बेला डा. राई उपेन्द्र यादव समूहमा खुलेर लागेका थिए।
यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री हुँदा उनले डा. राईलाई स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका थिए।
सन् २०१७ मा उनले कांग्रेस भ्रष्टाचार, थैलोतन्त्र र अराजकतामा चुर्लुम्म डुबेको र पा र्टीको कार्यकर्ता हुनुको नाताले त्यस्ता विकृति र विसंगतीको भागिदार हुनुपर्ने भएकोले परित्याग गरेको बताएका थिए ।
कांग्रेस छाेड्दा डा. राईले लेखेकाे स्टाटसः