बजेटसँगै बढ्यो विश्वासः खोटाङमा मन्त्री राईको छवि उज्यालिँदै

नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई खोटाङका जनताबीच ‘एक राम्रो नेता’ को रूपमा स्थापित हुँदै गएका छन्।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मन्त्री राईले खोटाङमा प्रदेश सरकारबाट एक अर्ब १४ करोडभन्दा बढी बजेटका योजना भित्राएपछि खाेटाङका जनताले उनको नेतृत्वको प्रशंसा गर्न थालेका छन्।

मन्त्री राईकाे एमाले र माओवादीका कार्यकर्ताहरूले समेत प्रशंसा गर्न थालेका छन्।

मन्त्री राईका सचिवालयका सूचना तथा सञ्चार प्रमुख सन्तोष राईका अनुसार भौतिक पूर्वाधार मन्त्रालयबाट एक अर्ब २ करोड २७ लाख ७५ हजार रुपैयाँ र स्वास्थ्य मन्त्रालयबाट १२ करोड ११ लाख ८२ हजार रुपैयाँ बजेट खोटाङमा विनियोजन गरिएको छ।

जसमा मन्त्री राईको भूमिका निर्णायक रहेकाे छ।

प्रदेश सरकारबाट खोटाङमा ठूलो परिमाणमा बजेट आएको भन्दै स्थानीयवासीले मन्त्री राईलाई धन्यवाद दिएका छन्।

उनीहरूले अब बजेटको प्रभावकारी र पारदर्शी तरिकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

अन्य जिल्लाका नेताहरूले खोटाङमा बढी बजेट पारिएको भन्दै आलोचना गरेपछि मन्त्री राईले बुधबार प्रदेशसभामा जवाफ दिएका थिए।

उनले भने, ‘आज प्रदेशमा १४ जिल्ला छन्। तीमध्ये खोटाङ सबैभन्दा कम विकास भएको जिल्ला हो। पहिलो प्रदेशसभाबाट “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजना ल्याइए पनि खोटाङमा त्यो अझै बनेकाे छैन। अहिले पनि खाेटाङमा भित्री कालोपत्रे सडक एउटा पनि छैन।’

उनले थपे, ‘त्यसको समाधान गर्नु पर्दैन र? संयोगवश म भौतिक मन्त्री भएँ, तर जो मन्त्री भए पनि त्यसकाे समाधान गर्नैपर्थ्यो।’

मन्त्री राईले खोटाङलाई केही बढी बजेट दिइएको स्वीकार गरे पनि अन्य जिल्लामा कुनै अन्याय नगरेको स्पष्ट पारे।

विगतमा खोटाङलाई क्रमशः पछाडि पारिएको दाबी गर्दै उनले अहिले न्यायसंगत बजेट वितरण गरिएको जिकिर गरे।

उनको पहलमा विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणका योजनामा केन्द्रित रहेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका मन्त्री राई २०७९ को निर्वाचनमा खोटाङ जिल्ला प्रदेशसभा ‘ख’बाट निर्वाचित भएका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img