लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार जना प्रदेश सभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेश सभाले विहीबार एक सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जनाएकाे छ ।

जसपाले गत वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरे पनि पार्टी निर्णय उल्लंघन गर्दै चार जनाले पोखरेलको पक्षमा मतदान गरेका थिए ।

आफ्नाे पक्षमा मतदान गरेर सत्ता जाेगाइदिए बापत मुख्यमन्त्री पाेखरेलले सन्तोष पाण्डेयलाई भौतिक पूर्वाधार, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास, विजय यादवलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री र सुमन शर्मालाई भौतिक राज्य मन्त्रीकाे जिम्मेवारी दिएका थिए ।

जसपाले साेही दिन चारै जनालाई स्पष्टीकरण सोधेको थियो । जसपाको कार्यकारिणी समितिले चारैजनालाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार प्रदेश सभा सदस्य र पार्टी सदस्य नरहने गरी कारवाही गरेपछि विहीबार प्रदेश सभाले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्