कांग्रेसले ओली सरकारलाई विश्वासकाे मत नदिने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासकाे विपक्षमा मत हाल्ने भएकाे छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले ओली सरकारलाई विश्वास नदिने निर्णय गरेकाे हाे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासकाे मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

तर, संसदमा हाल ६१ सांसद रहेकाे कांग्रेसले ओलीलाई विश्वासकाे मत नदिने र अर्काे सरकार बनाउन पहल गर्ने निर्णय गरेकाे छ ।

ओलीलाई संसद विश्वासको मत लिन १३६ जना सांसदको समर्थन चाहिन्छ । एमाले एक ढिक्का रहेको अवस्थामा र जसपाकाे महन्थ ठाकुर समूहले समर्थन गरेको अवस्थामा ओलीको पक्षमा बहुमत पुग्ने देखिन्छ ।

तर, एमालेका माधव नेपाल समूहले ओलीलाई सघाउने छैन । जसपाले पनि ओलीलाई सघाउने परिस्थिति बन्ने देखिदैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्