पार्टी अध्यक्ष नै विधानविपरीत चल्नु दुखद्ः रकम चेम्जोङ

जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले पार्टीका नेताहरु विधानविपरीत चल्नु दुखद् रहेको बताएका छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुर नै पार्टी विधानविपरीत चलेको उनको भनाइ छ । ‘पार्टीको निर्णय बिना मनोमानी विज्ञप्ति जारी गर्ने र बोल्ने काम पार्टी विधान विपरीत हो,’ उनले भने ।

उनले पार्टीको आधिकारिक निर्णय पार्टीको बैठकबाट मात्र हुने बताए ।

जसपाका दुई अध्यक्षमध्ये एक महन्थ ठाकुरले पहिल्यै पार्टीभित्र जानकारी र छलफल नगरी केपी ओली सरकारसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण लगायत नेताहरुलाई जिम्मा दिएका थिए ।

ठाकुरले लुम्बिनी प्रदेशमा पनि चार जना सांसदहरुलाई एमाले नेता शंकर पोखरेलको पक्षमा मतदान गर्न लगाएर पार्टी निर्णय विपरीत काम गरेका थिए । ठाकुरको उक्त कदम पार्टी र विधान विपरीत थियो ।

नेता चेम्जोङले हाल पार्टीका शीर्ष नेता महन्थ ठाकुर र राजेन्द्र महतो नै पहिचान, संघीयता, धर्मनिरपेक्षता लगायत राजनीतिक उपलब्धिहरु धरापमा पर्ने गरी चलखेल गरिरहेको बताए ।

उनले भने, ‘प्रतिगामी ओली सत्तालाई परास्त गरेर आन्दोलन र संविधानमा प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्ने बेला उहाँहरु घण्टौ बालुवाटार, शितल निवास र लैनचौरमा छलफल गर्नुहुन्छ । यसले उहाँहरुको मुभ के हो भन्ने प्रष्ट हुन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्