जसपाबारे भ्रामक समाचार लेख्ने अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दलमर्दन कामीले ‘नेपालपाना डटकम’ नामक अनलाइनले पुष्टि नहुने तथा जसपाबारे भ्रम फैलाउने समाचार प्रकाशित गरेको भन्दै उक्त अनलाइनलाई कारवाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।

उक्त अनलाइनले गत २९ वैशाखमा ‘सांसद किनबेचका लागि उपेन्द्र र बाबुरामलाई चीन र इयुबाट आयो १७० करोड, तर क्याम्प चेञ्ज गरेका सांसदले पाएनन्’ शीर्षकमा एक समाचार प्रकाशन गरेको थियो ।

तर उक्त समाचार भ्रामक रहेकोले त्यसलाई हटाउन र खण्डनसहितको सामग्री प्रकाशित गर्न सम्बन्धित अनलाइलाई आग्रह गर्दा पनि बेवास्ता गरेकाले सो अनलाइनविरुद्ध इमेलबाटै कारवाहीका लागि उजुरी दिएको नेता कामीले बताए ।

उक्त अनलाइन प्रेस काउन्सिल र सूचना विभागमा दर्ता भएको हो कि होइन भन्ने नै प्रष्ट छैन ।

प्रेस काउन्सिल र सूचना विभागमा दर्ता भएको अनलाइनको होमपेजकै हेडर वा फुटरमा देखिने गरी सञ्चालक, सम्पादकको नाम र सम्पर्क नम्बर राख्नुपर्ने व्यवस्था छ ।

अनलाइनमा कसैको नाम र नम्बर उल्लेख छैन । कामीले दिएको उजुरी पत्रमा धर्मराज मिडिया प्रालिद्वारा सञ्चालित भनिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्