ओलीको निगाहमा सांसद नै नभई मन्त्री बनेकाहरुको पदमुक्त

सर्वोच्च अदालतले सांसद नै नरहेका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाएकाे छ ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सांसद नरहेका मन्त्रीहरुलाई मन्त्रीकाे हैसियतमा काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

संसद नै नभइ मन्त्री बनेकाहरूमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा छन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै नरहेकाहरुलाई पनि मन्त्री बनाएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्