‘महन्थजीहरु नआउँदैमा बैठक स्थगित हुँदैन’

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङले कार्यकारिणी समितिको बैठक नरोकिने बताएका छन् ।

महन्थ ठाकुर पक्ष अनुपस्थित भए पनि बैठक हुने उनको भनाइ छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले गत जेठ ४ गते नै जेठ ८ र ९ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारी ललितपुरमा कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले हिजो (जेठ ७ गते) उक्त बैठक स्थगित भएको एक विज्ञप्ति निकालेका थिए ।
पूर्वमन्त्री समेत रहेका नेता चेम्जोङले जेठ ८ र ९ गतेको बैठक दुवै अध्यक्षको सहमतिपछि उपेन्द्र यादवले बोलाएको बताए ।

यदि बैठक स्थगित नै गरिएको रहेछ भने पनि दुवै अध्यक्षको सहमतिमा हुनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीका प्रखर समर्थक बनेका जसपाका महन्थ ठाकुरले हिजो एकलौटी रुपमा कार्यकारिणी समितिको बैठक स्थगित भएको विज्ञप्ति निकालेका थिए ।

यही कारण आजको बैठक महन्थ ठाकुर पक्ष अनुपस्थित भए पनि अघि बढ्ने चेम्जोङको भनाइ छ ।

‘देशमा यत्रो राजनीतिक परिस्थितिहरु आएको बेला बैठकबाट भाग्ने कुरै आउँदैन,’ उनले भने, ‘महन्थजीहरु नआउँदैमा बैठक स्थगित हुँदैन ।’

उनले पछिल्लो समय महन्थ ठाकुरले खेलेको भूमिका सन्तोषजनक नरहेको बताए ।

ठाकुर पक्षको यही भूमिका कायम रहे त्यसलाई करेक्शन गर्नका लागि पार्टीले निर्णय गर्नुपर्ने उनको राय छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्