ओलीले माधव र झलनाथसहित ११ नेतालाई निकाले एमालेबाट

नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

सोमबार बालुवाटारमा बसेको एमालेकाे स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको हो ।

विपक्षी पार्टीका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा उनीहरुलाई निष्कासन गरिएकाे हाे ।

बैठकले अन्य १२ जनालाई चाैबिस घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण साेध्ने निर्णय गरिएकाे छ ।

बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेकाे छ । साथै मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिइने छ ।

सुदूरपश्चिममा एमालेको समर्थनमा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्