सुकेटार विमानस्थलको नाम फेरेकोमा सात दलको गम्भीर आपत्ति

सरकारले सरोकारवालासँग छलफल नै नगरी ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोमा सात राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले गम्भीर आपत्ति जनाएका छन् ।

सरकारले हिजो (जेठ १५ गते) आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थलको नाम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको सम्झनामा ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने घोषणा गरेको थियो ।

नेकपा एमाले ताप्लेजुङका अध्यक्ष बलबहादुर साम्सोहाङ, नेकपा माओवादी केन्द्र ताप्लेजुङका अध्यक्ष विजय प्रकाश वनेम, नेपाली कांग्रेस ताप्लेजुङका कार्यबाहक सभापति मणिप्रसाद लाबुङ, जनता समाजवादी पार्टी ताप्लेजुङका अध्यक्ष किर्तिमान मादेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य यामकुमार दाहाल, राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङका अध्यक्ष इन्द्रकुमार थलङ र संघीय लिम्बुवान मञ्च ताप्लेजुङका सचिव अशोक मादेनले आज संयुक्त वक्तव्य जारी गरी तत्काल आफ्नाे निर्णय सच्याउन सरकारसँग आग्रह गरेका हुन् ।

स्थानीयबासीहरुको इतिहास, पहिचान र संस्कृतिमाथि आक्रमण गर्ने नियतले विमानस्थलले नाम परिवर्तन गरिएको उनीहरुले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सरकारले तेह्रथुमको चुहानडाँडा विमानस्थलको पनि नाम परिवर्तन गरी आङछिरिङ शेर्पा विमानस्थल राख्ने घोषणा गरेको छ ।

स्व. रवीन्द्र अधिकारीका साथै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) जाने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

याे पनि पढ्नुहाेस्

जनस्तरमा छलफलै नगरी सुकेटार विमानस्थलको नाम फेरेपछि व्यापक विरोध

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्