वरिष्ठ कवि भूपाल राईले उपप्रधानमन्त्री राजेन्द्र महतो ‘गद्दार’ नै भए पनि उनले भनेका एउटा कुरा चाहिँ ठिक रहेको बताएका छन् ।

महतोको नाम उल्लेख नगरी राईले यस्तो टिप्पणी गरेका हुन् । महतोले गत ४ जुनमा नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन थाल्ने बताएका थिए ।

राईले नेपाल बहुराष्ट्रिय राज्य भए पनि राज्य एकल जातीय रहेको जिकिर गरे ।

महन्तथ ठाकुर, राजेन्द्र महतो आदिलाई श्वेत (सफेद) गद्दारको संज्ञा दिएका उनले भनेका छन्, ‘श्वेत (सफेद) गद्दारले एउटा कुरो चै ठिकै भनेको हो– नेपाल बहुराष्ट्रिय देश नै हो ।’

उनले कहिलेकाही गद्दारहरु पनि बहुलाएर साचो बोल्ने गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here