स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्तिः १४ ठाउँमा जग्गा, २२ ताेला सुन, बैंकमा २ लाख १६ हजार

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आफू र श्रीमतीकाे नाममा गरी आफूसँग १४ ठाउँमा जग्गा रहेकाे मन्त्री तामाङले उल्लेख गरेका छन् ।

मन्त्री तामाङकी श्रीमती उषाकला राई पनि हाल प्रदेश १ मा सामाजिक विकासमन्त्री हुन् । उनी खाेटाङकी हुन् ।

मन्त्री तामाङसँग सिन्धुपाल्चाे, काठमाडाैं, खाेटाङ र माेरङका विभिन्न स्थानमा जग्गा छ । जसमध्ये तीन ठाउँकाे जग्गाचाहिँ आफूले अंशबापत पाएकाे उनले उल्लेख गरेका छन् ।

काठमाडाैंकाे गाेकर्णेश्वरमा उषाकला राईकाे नाममा अढाइ तले घर रहेकाे विवरणमा उल्लेख छ ।

यसैगरी उनले आफूसँग २२ ताेला सुन रहेकाे खुलाएका छन् । तीमध्ये केही पुर्ख्याैली र केही खरिद गरेकाे विवरणमा उल्लेख छ ।

मन्त्री तामाङले हाल आफूसँग एभरेस्ट बैंकमा रहेकाे खातामा २ लाख १६ हजार १ सय २५ रूपैयाँ बचत रहेकाे उल्लेख गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्