जसपाका युवा नेता मोहन राईको कोरोनाबाट निधन

जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको कोरोना संक्रमणबाट निधन भएको छ । करिब डेढ महिनाअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा आज काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उनको निधन भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राईले जानकारी दिए ।

खोटाङको बराहपोखरी गाउँपालिका–२ स्थायी घर भएका उनी काठमाडौंमा श्रीमती र एक छोराका साथ बस्दै आएका थिए ।

गएको स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार समेत बनेका उनी तत्कालिन समाजवादी पार्टी हुँदा पार्टीको निर्वाचन आयोगका सदस्य थिए ।

किरात राई युवा संघका पूर्वअध्यक्ष समेत रहेका उनी नेपाली उत्पीडित जाति तथा समुदायकाे पक्षमा संघर्ष गर्दै आएका थिए ।
कोरोना संक्रमणबाट निधन भएकोले उनको अन्त्येष्टि नेपाली सेनाले गर्नेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्