पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे ।

कमजाेरी महसुस भएपछि डाक्टरहरुकाे सल्लाह अनुसार खनाललाई अस्पताल भर्ना गरिएकाे हाे ।

खनाललाई यसअघि काेराेना संक्रमण भएकाे थियाे। काेराेनामुक्त भइ अस्पतालबाट घर फर्केकाे केही दिनपछि उनकाे स्वास्थ्यमा फेरि समस्या देखिएकाे हाे ।

अहिले उनकाे अवस्था सामान्य रहेकाे उनकाे निजी सचिवालयले जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्