मुख्यमन्त्रीज्यू, प्रदेश १ को गलत नामकरण गर्न नतम्सिनुस्ः कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को गलत नामकरण गर्ने कुरामा नतम्सिन मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेका छन् ।

मुख्यमन्त्री राईले हिजो प्रदेशसभाको बैठकमा चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्नुपर्ने बताएका थिए ।

लिङ्देनले आज फेसबुकमार्फत मुख्यमन्त्री राईलाई ‘सक्नुहुन्छ भने प्रदेश १ को नाम लिम्बुवान किरात खम्बुवान राख्नुस्, तर कोसी सगरमाथामा पटक्कै बल नगर्नुस्’ भनेका छन् ।

‘प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईज्यू, केन्द्रीय राजनीति बिग्रेर देश नै तहसनहस भैरहेको वर्तमान अवस्थामा प्रदेश १ को नाम सगरमाथा राख्न लगाएर, तपाईंलाई उकासेर तपाईंलाई सम्पूर्ण रुपमा सिध्याउन र प्रदेश १ मा आउने पाँच हजार वर्षमा पनि साम्य नहुने गृहयुद्ध थोपर्न एकथरि मान्छेहरु लागिरहेका छन्,’ लिङ्देनले भनेका छन्, ‘यतिका दिनसम्म नाम नराख्दा भयो । यो सेसनमा प्रदेश २ को नाम नराखिने निश्चित भयो । बाहुन नेताहरुले केन्द्रीय राजनीति तहसनहस गर्दा भयो, अब तपाई आदिवासीको छोरामात्र गलत नामकरण गर्ने कुरामा नतम्सिनुस् ।’

उनले मुख्यमन्त्री राईले कोभिड महामारीको बेला जनता आन्दोलनमा आउन सक्दैनन् भनेर यही दाउ छोपेर प्रदेशको गलत नामकरण गरे त्यो ठूलो पाप हुने औंल्याएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्