जसपा विवादमा निर्वाचन आयोगको निर्णय निष्पक्ष भएनः विपक्षी गठबन्धन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगले गरेको निर्णयबारे गहिरो चासो व्यक्त गरेका छन् ।

साेमबार नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा देउवा, दाहाल र नेपालले जसपाकाे विवादमा निर्वाचन आयोगले सरकारको प्रभावमा परेर अन्यायपूर्ण एवम् प्रतिगमनकारीलाई साथ दिने प्रवृत्तिको निर्णय गरेको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगको भूमिका निष्पक्ष र विश्वासिलो नभएको भन्दै बैठकमा चिन्ता व्यक्त भयो । अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे पनि नेताहरुबीच छलफल भएको छ ।

अदालत र निर्वाचन आयोगको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न र राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउने समझदारी नेताहरूबीच भएको छ ।

नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा समेत भएको छ । राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न विपक्षी गठबन्धन सक्रिय भएको नेताहरुले बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्