ओली सरकारमा गएका नाै जना मन्त्रीहरु जसपाबाट निष्कासित

जनता समाजवादी पार्टीले पार्टी निर्णयविपरीत केपी ओली सरकारमा जाने नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी निर्णयविपरीत ओली सरकारमा जानेहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

ओली सरकारमा जसपाबाट ११ जना सरकारमा गएका थिए ।

जसपाले पहिलो चरणमा कार्यकारिणी समिति सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको थियो ।

जसमध्ये राजेन्द्र महतो सहरी विकासमन्त्री र लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।

जसपाले निष्कासन गरेका अन्य नेताहरुमा राजकिशोर यादव, चन्दा चौधरी, रेनुका गुरुङ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, अनिलकुमार झा, चन्द्रकान्त चौधरी र एकवाल मिया छन् ।

प्रधानमन्त्री ओलीले चन्द्रकान्त चौधरी र रेनुका गुरुङ राज्यमन्त्री बनाएका छन् भने अन्य सबैलाई मन्त्री बनाएका छन् ।
बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि पुनः निवेदन दिने निर्णय गरेको छ ।

जसपाले महन्थ ठाकुर पक्षलाई निष्कासन गरेपछि ठाकुर पक्षले पनि आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै आयोगमा निवेदन दिएको थियो भने यता उपेन्द्र यादव समूहले ठाकुर लगायतलाई निष्कासन गरिएकाले उनीहरुको नाम हटाउन पत्र पठाएको थियो ।

तर आयोगले दुवै पक्षलाई मान्यता नदिने निर्णय गरेको थियो ।

जसपाले लुम्बिनी प्रदेशमा पनि पार्टी निर्णय विपरीत सरकारमा जाने चार जना सांसदलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले चुरे दोहन गर्न नहुने निष्कर्ष निकालेको छ ।

जसपाले हालै सुरु भएको बाढी पहिरोका पीडितहरुलाई उद्धार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिने र बाढी पहिरो पीडित जनताको तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्