ठाकुरसहित चार नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण, पार्टीबाटै निष्कासन गरिँदै

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहितका चार नतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाले तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी समेत दिएको छ ।

जसपाले गत २५ मेमा अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई तीन दिने स्पष्टीकरण सोधेको थियो ।

तर उनीहरु चारै जनाले स्पष्टीकरणको जवाफ दिएनन् ।

जसपाले आज २९ मेमा पुनः २४ घण्टे स्पष्टीकरण सोधेको हो । चित्तबुझ्दो जवाफ नदिए राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको अन्तरिम विधानको धारा ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र २०७८।२।८ मा भएको पार्टीको कार्यकारिणी समितिको निर्णय नं ४ बमोजिम निष्कासन गर्ने चेतावनी दिएको हो ।

जसपाले यसअघि प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदमलाई पार्टी निर्णय र नीति विपरीत किन साथ दिएको ? भन्दै चारै जना नेताहरुलाई तीन दिने स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणमा महन्थ ठाकुरलाई आठ प्रश्न गर्दै जवाफ मागिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्