लेखक खगेन्द्र संग्रौलाले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई जातीय भेदभावको मतियारी बनेकाेमा चार वर्ष काराबासको सजाय माग्दै मुद्दा हाल्ने ‘छैन क्वै माइकलाल ?’ भन्दै प्रश्न गरेका छन् ।

मन्त्री श्रेष्ठले चार अपराध गरेको उल्लेख गर्दै संग्रौलाले ट्वीटरबाट यस्तो प्रश्न गरेका हुन् ।

संग्रौलाले मन्त्री श्रेष्ठको चार अपराधमा १, मन्त्री भएर न्यायिक प्रक्रियामा ठाडो हस्तक्षेप, २, जातभेदी नारीलाई हिरासतबाट मुक्त, ३, छुवाछुतकारी नारीलाई झण्डावाल गाडीमा सवार र ४, राज्य संरक्षित जातभेदको मतियारी रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यी श्रीकृष्णलाई कम्तीमा चार वर्ष काराबासको सजाय होस् भनी मुद्दा हाल्ने छैन क्वै माइकलाल ?’

मन्त्री श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारलाई तल्लो जातको थाहा पाएपछि कोठा भाडामा नदिने सरस्वती प्रधानलाई हिरासतबाट छुटाएर आप्mनो गाडीमा राखेर उनको घर पुर्याएका थिए ।

सुनारको जाहेरी पछि प्रधान पक्राउ परे पनि उनीमाथि कानुनी कारवाही अघि बढाइएन ।