माधव नेपाल भन्ने एकजना छन्, ती प्रचण्डका पुच्छर हुन्ः प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुच्छर रहेको बताएका छन् ।

साेमबार प्रधानमन्त्री ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नै नगरेको प्रष्ट पारे ।

उनले भने, ‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नाे महत्व आफै बढाउन खोजेको होे, एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् ।’

उनले आफूलाई एमालेको वरिष्ठ नेता हुँ भनेर हिड्ने माधव नेपालले लाज पचिसकेको बताए ।

‘माधव नेपाल भन्ने एक जना छन् कांग्रेसको पछाडि कुद्ने, सबैले चिन्छन् । किनभने असाध्यै चर्चा भइरहेको छ । यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ,’ उनले भने, ‘आफ्नाे पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिड्ने, यस्तो लाजसरम पचेको मान्छे ।’

उनले नाथुराम गोड्सेको खोजी गर्ने कांग्रेसले अहिले प्रचण्डपथ अंगालेको बताए ।

उनले भने, ‘प्रचण्डपथ त यति व्याप्त भैसक्यो, त्यसलाई कांग्रेसले अँगालेपछि । कोर्टमा पनि चर्चा भयो । आश्चर्य लाग्छ । सर्वोच्च अदालतले सिंहालाई दुरुत्साहन गर्ने काम गर्दा रोक्ने काम गरे । न्यायमुर्तीहरुले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव नेपाल र जनमोर्चाका नेताहरुको नाम लिँदै नेपाली राजनीतिमा झुट र बेइमानीको चलखेल बढेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्