चौधौं महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धनमा छलफलको दायरा बढाइने

नेपाली काँग्रेसका शीर्ष नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र उपसभापति विमलेन्द्र निधिबीच  भेट सम्पन्न भएको छ ।

पूर्वमहामन्त्री सिंह निवास ठमेलमा काँग्रेसका तीन नेताहरुबीच भएको छलफलबारे प्रतिक्रिया दिनुहुँदै सिंहले चौधौं महाधिवेशनको सम्बन्धमा छलफलको दायरा बढाएर लगिने बताउनुभएको छ ।

उहाँले यसरी तीनजना मात्रै बसेर छलफलको निष्कर्ष निकाल्नुभन्दा पनि देशव्यापीरुपमा सबैको चाहना पार्टी राम्रोसँग सञ्चालन होस् भन्ने रहेकाले साेही अनुरुप आउँदो शुक्रबार महामन्त्री कोइराला निवासमा थप छलफल गरिने जानकारी दिनुभएको छ ।

काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले आशन्न १४ औं महाधिवेशन पनि प्रजातान्त्रिक तवरबाटै हुने निष्कर्षमा आफूहरु पुगेको नेता सिंहले बताउनुभयो । तेह्रौ महाधिवेशनमा सभापति पदमा उठ्नुभएका पदाधिकारीहरुसँग पनि छलफल गर्ने निष्कर्ष काँग्रेसका तीन नेताहरुको छलफलले निकालेको छ ।

यसैगरी, काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताका विषयमा पनि छलफल गरिने नेता सिंहले बताउनुभयो । आउँदो शुक्रबार केन्द्रीय सदस्यहरुसहित बस्ने भनिएको बैठकमा पनि यसबारे छलफल हुनेछ । क्रियाशील सदस्यता र समायोजन सन्दर्भमा विधि, प्रक्रिया अनुरुप नै हुनुपर्छ नेता सिंहले बताउनुभएको छ । गाेरखापत्र अनलाइन

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्