Wednesday, March 29, 2023

पाँच दलीय गठबन्धन टिक्छ, हामी टिकाउँछौंः अशोक राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पाँच दलीय गठबन्धन समयको आवश्यकताले निर्माण गरिएकोले उक्त गठबन्धन जारी रहने बताएका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले (माधव नेपाल समूह)को गठबन्धनलाई आपूmहरुले आवश्यक रहिञ्जेल टिकाउने बताए ।

उनले भने, ‘यो गठबन्धन टिक्नुपर्छ । यो हाम्रो रहरले बनेको गठबन्धन होइन, यो समयको आवश्यकताले निर्माण भएको हो र जबसम्म आवशयक रहन्छ तबसम्म टिक्नुपर्छ, हामी टिकाउँछाैं।’

उनले मानिसमा कमीकमजोरी हुनु स्वाभाविक रहेको भन्दै कमजोरीहरुलाई हटाउँदै गठबन्धन अघि बढ्ने बताए ।

शुभचिन्तकहरुसँग उनले भने, ‘कमीकमजोरी भयो भने औल्याउनुहोला, हामी त्यसलाई सच्याएर लानेछौं ।’

सो क्रममा उनले प्रधानमन्त्री केपी ओलीले राज्यलाई सुदृढ गर्ने सही ढंगले सञ्चालन गर्ने र जनतालाई सेवा दिने हिसाबले भन्दा पनि आफूलाई बलियो पार्ने गरी संवैधानिक अंगहरुको नियुक्ती गरेको बताए ।

प्रधानमन्त्री ओलीले आसेपासेहरुलाई मात्र नियुक्ती गरेको र यो नै ओली प्रवृत्ति रहेको औल्याए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्