संघीयता र धर्मनिरपेक्षता हटाउन महेश बस्नेतकाे प्रस्ताव

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने विषय उठाएका छन् ।

एमालेको केन्द्रीय कमिटी वैठकमा बस्नेतले संघीयता र धर्म निरपेक्षता हटाउनुपर्ने विषय उठाएका हुन् ।

एक नेताका अनुसार बैठकमा बस्नेतले भने, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं ।’

यसअघि ओली पक्षका नेतृ निरु पालले पनि संघीयता खारेज गर्नुपर्ने बताएकी थिइन् । पालले सामाजिक सञ्जालबाट संघीयता हटाउन हिम्मत गर्न अध्यक्ष ओलीलाई अनुराेध गरेकी थिइन् ।

तर हाल एमालेकाे बैठकभित्रै संघीयता र धर्मनिरपेक्षता हटाउने विषय उठेकाे हाे ।

बस्नेत, पाल लगायत ओली पक्षीय एमाले नेताहरु अब एकात्मक र हिन्दुराज्यकाे पक्षमा खुलेर बाेल्न थाल्नुकाे अर्थ एमाले एकात्मक हिन्दूराज्यकाे पक्षमा लाग्न थालेकाे बुझ्न सकिन्छ ।

ओली पक्षीय एमाले अब नेपालमा राजतन्त्र र हिन्दूराज्यकाे एजेण्डा बाेकेर हिडिरहेकाे राप्रपा नेपालकाे तहमा पुग्ने देखिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्