Wednesday, May 31, 2023

संसद पुनर्स्थापना हुन्छ र देउवाजी प्रधानमन्त्री बन्नुहुन्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समेत बताए ।

मंगलबार जनकपुरमा स्व. नेता महादेव यादवलाई श्रद्धाञ्जली दिएपछि नेता प्रचण्डले साे कुरा बताएका हुन् । यादव माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए ।

अध्यक्ष प्रचण्डले कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ ।’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने प्रचण्डकाे भनाइ छ ।

उनले भने, ‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्