‘संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दोस्रो पटक पनि संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका छन् ।

नेता राईले संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन भन्दै चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले भनेका छन्, ‘संसद सार्वभौम सत्ता र राजकीय सत्ता अन्तरनिहित नेपाली जनताको वारेसहरु रहेको राज्यको महत्वपूर्ण अङ्ग हो, प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन । चेतना भया ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुन नपाएपछि गत शुक्रबार मध्येराति मन्त्रीपरिषद् बैठक बोलाएर संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले लगत्तै संसद भंग गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेकी छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम घोर असंवैधानिक रहेको भन्दै नेकपा एमालेका माधव नेपाल समूहसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच वटा दलहरुले नै सो कदमविरुद्ध संघर्ष गर्ने विज्ञप्तिबाट बताइसकेका छन् ।

जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो भने हाल केपी ओलीको पक्षमा लागेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्