जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा ५ सदस्यीय इजलास गठन

साउन ३ देखि सुनुवाइ गरिने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न ५ सदस्यीय इजलास गठन गरेको छ ।

आयोगले प्रमुख आयुक्त दिनेश थपलियाकाे नेतृत्वमा आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सदस्य रहेकाे इजलास गठन गरेकाे हाे ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उक्त इजलासले आगामी साउन ३ गतेदेखि विवाद निरुपणबारे सुनुवाइ सुरु गर्नेछ ।

साउन ३ गते जसपाका दुबै पक्षलाई बोलाइएकाे प्रवक्ता श्रेष्ठले बताए । आयोगले जसपाका दुवै पक्षलाई कानुन व्यवसायी राख्ने भए राख्न र ल्याउन समेत भनेकाे छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

सो ऐनअनुसार दुबै पक्षलाई बोलाएर आयोगले मंगलबार सहमति जुटाउने प्रयास गरेको थियो ।

तर उक्त प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्