जसपा एकता कायम गर्न बाबुराम भट्टराईकाे अपिल

जनता समाजवादी पार्टी (जसपा)मा फुट निश्चित भएको बेला पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकता कायम राख्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले जसपाको एकता कायम राखी देशको वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले हिजो ट्वीट गर्दै यस्तो भनाइ राखेका हुन् ।

उनले जसपा हिमाल पहाड र तराईका प्रमुख जातीय क्लस्टरहरु मधेसी–थारु, आदिवासी जनजाति र खस–आर्य तथा महिला, दलित आदि समूहको समानुपातिक समावेशी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल भएको बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्