पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनकाे आग्रह

पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

विद्यार्थी नेताहरुले नेपाल आयल निगममा ज्ञापनपत्र बुझाउँदै निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

सातबुँदे ज्ञापनपत्रकाे दाेस्राे बुँदामा भनिएकाे छ, ‘ठूलो नाफा आर्जन गरेको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मुल्य थोरै बढ्ने वित्तिकै त्यसैको बहानामा मुल्यवृद्ध गर्नु पुर्णतः गलत हो । नाफा संचित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गरियोस् ।’

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा थोपरिएको कर केवल जनता चुस्ने नियत मात्र रहेकाे उल्लेख गरिएकाे छ । जसमा भनिएकाे छ, ‘पेट्रोलियम पदार्थमा थोपरिएको कर केवल जनता चुस्ने नियत मात्र हो । के दैनिक उपभोग्य बस्तुमा यतिविघ्न कर लगाउनु न्यायोचित छ ? पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा असुल्दै आएको करको दायरा घटाई जनतालाई सहुलियत दरमा उपलब्ध गराइयोस् ।’

सरकारले पछिल्लो पटक गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।

खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरी १४ सय २५ रुपैयाँ पुर्याइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्