देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी बुझाइएको हस्ताक्षर फिर्ता हुन्नः झाक्री

नेकपा एमाले (नेपाल समूह)की नेतृ रामकुमारी झाक्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै बुझाइएको हस्ताक्षर फिर्ता नलिइने बताएकी छन् ।

उनले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिने कुरै नआउने बताएकी छन् ।

झाक्रीले आज फेसबुकमा लेखेकी छन्, ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिइने छैन। लिने कुरै आउँदैन ।’

उनले एमाले विवाद समाधानका लागि गठित कार्यदलले सार्वजनिक गरेको सहमतिको प्रस्तावको भ्रममा नपर्न आग्रह गरेकी छन् ।

उनले यो प्रस्तावलाई स्वागत गर्न हतार गर्न नहुने र निराश पनि बन्न नहुने बताएकी छन् ।

उनले भनेकी छन्, ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ। निराश पनि नबनौँ। राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ ।’

यस्ताे छ झाक्रीले फेसबुकमा लेखेकाे ४ बुँदाः

१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।

२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।

३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।

४) भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्