माधव, प्रचण्ड र विप्लवबीच काेटेश्वरमा छलफल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएकाे छ ।

माधव नेपालकाे निवास काेटेश्वरमा आज तीन नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएकाे हाे ।

छलफलमा नेकपाका नेता धर्मेन्द्र बास्ताेला पनि थिए ।

नेकपाका महासचिव विप्लवले हिजाे मात्र प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

विप्लव र प्रचण्डबीचकाे भेटवार्तामा नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको थियाे ।

तीन जना कम्युनिष्ट नेताहरुबीच छलफल भएकाे याे विषयले चासाे बढेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्