अब कहिल्यै लाेडसेडिङ नहुने मन्त्री भुसालकाे भनाइ

नवनियुक्त उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री पम्फा भुसालले अबका दिनमा लोडसेडिङ नहुने बताएकी छन् ।

हिजाे सिंददरबारमा मन्त्रीकाे कार्यभार सम्हाल्दै उनले लोडसेडिङ अहिलेको जल्दोबल्दो समस्या रहेकोले अबका दिनमा कहिल्यै लोडसेडिङ हुन नदिने बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं । बिजुली बत्ती बाल्नै नपाउनेहरु छन्, उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’

उनले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्दै राम्रो परिणाममुखी काम निकाल्न सबै लाग्नुपर्ने बताइन् ।

‘जनताकाे छोरी हुँ, जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं,’ उनले भनिन्, ‘मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो । काममा कुनै पुर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ ।’

यसअघिका सरकारले लक्ष्य मात्रै राख्ने तर पुरा नगर्ने गरेको भन्दै उनले अब यो सुधार हुनुपर्ने बताइन् ।

मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भनिए पनि सिचाईको ठुलो समस्या रहेको भन्दै सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लाग्नुपर्ने बताइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्