जसपा नेता भट्टराई र विप्लवबीच भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

भट्टराईनिकट जसपाका नेता विश्वदीप पाण्डेका अनुसार दुई नेताबीच लामो समयपछि राजनीतिक भेटवार्ता भएको हो ।

चन्दका साथमा नेकपाका नेता धर्मेन्द्र बास्तोला पनि थिए । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई भेट्न आज बिहान चन्द र बस्तोला भट्टराईनिवास सानेपा पुगेका हुन् ।

चन्दले हिजो मात्र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेता नेपालनिवास कोटेश्वरमा संयुक्त भेटवार्ता गरेका थिए ।

चन्दले सोअघि दाहालसँग अलग भेटवार्ता गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्