शुभ साइत पारेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा साइत पारेर आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९:५७ बजेको शुभ साइत पारेर बूढानीलकण्ठ (निजी निवास)बाट बालुवाटार सरेका हुन् ।

सर्वाेच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापनासहित गरेको फैसलाअनुसार गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवा आजबाट सरकारी निवासमा बस्ने भएका हुन् ।

आफूले गरेको प्रतिनिधिसभा विघटन सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेपछि सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत बुधबार बालुवाटार छाडेर भक्तपुरको बालकोट (निजी निवास) गएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्