अबकाे चुनावमा हाम्राे स्पष्ट बहुमत आउँछः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबकाे चुनावमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने दाबी गरेका छन् ।

हिजाे संसद भवनको ल्होत्से हलमा भएको पार्टीकाे बैठकमा उनले अबको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएका हुन् ।

‘हामीले सरकारमा हुँदा ल्याएका परियोजना तथा गरेका कामहरुबाट जनता उत्साहित भएका छन्,’ ओलीले भने, ‘देशमा अब हुने निर्वाचनमा हामीले स्पष्ट बहुमत ल्याउँछौं ।’

उनले अहिले सर्वाेच्च अदालतले असंवैधानिक निर्णय गरेकाले देशभरबाट त्यसकाे प्रतिवाद गर्नुपर्ने बताए ।

उनले अदालतको निर्णयले संविधान र लोकतन्त्रमाथि धावा बोलेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अहिले केही सांसदहरु मन्त्री बन्न पाइन्छ कि भन्ने आशामा सत्तारुढ कांग्रेससँग नजिक भएको तर भविष्यमा उनीहरुले ठूलो समस्या भोग्नपर्ने ओलीले बताए ।

उनले भने, ‘यो क्षणिक खुसी हो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्